१९ चैत, काठमाडौं । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।

यो योजना आइतबार चैत्र २० देखि लागू हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।

ग्राहकले एस्टि्रक्स ५५४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

@Onlinekhabar

LEAVE A REPLY