पोखरा, २ मंसिर । नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीले कमिटीका अध्यक्ष कर्ण सिंह गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरेको छ ।शनिबार बसेको इलाका कमिटीको बिस्तारित बैठकले आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारलाई बिजय गराउन गुरुङको संयोजकत्वमा २ सय ९८ सदस्यिय निर्वाचन परिचालन समिती गठन गरेको हो । त्यसैगरी बैठकले प्रतिनिधीसभा तर्फका ३ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फका ६ निर्वाचन क्षेत्रका लागि पनि प्रचार प्रसार संयोजक चयन गरेको छ ।

कास्की क्षेत्र नम्वर १ को संयोजकमा इलाका कमिटीका सचिवालय सदस्य कृष्णराज आचार्य , कास्की क्षेत्र नम्वर २ को संयोजकमा कमिटीका सचिब शिबलाल उपाध्याय र कास्की क्षेत्र नम्वर ३ को संयोजकमा कमिटीका उपाध्यक्ष तुलसी प्रसाद सुबेदी चयन भएका छन् । यसैगरी प्रदेश सभा १ क मा गौरी शंकर शर्मा , १ ख मा मधु तिमिल्सिना , २ क मा रेशम बहादुर थापा , २ ख मा मिलन तिमिल्सिना र ३ ख मा रामचन्द्र सुबेदीलाई प्रचार सयोजक तोकेको छ । प्रदेश सभा ३ क मा भने संयोजक चयन गर्न बाकी रहेको कमिटीले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कास्कीका सचिब दामोदर बैरागीले बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजय गराउन सबै आ आफ्नो ठाँऊबाट लाग्नु पर्नेमा जोड दिए । उनले हरेक आन्दोलन र निर्वाचनमा मजदुरहरुको भुमिका महत्वपुर्ण रहने गरेको भन्दै यो निर्वाचनमा पनि मजदुरहरुले आफ्नो भुमिका प्रभावकारी बनाउदै बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजय गराउन आग्रह गरे ।

नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीका अध्यक्ष कर्ण सिंह गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले कास्कीका सदस्य बलराम पौडेल , जिफन्टका नेताहरु रुद्र खत्री , ईश्वरराज आचर्य ,बिष्णु खत्री लिलाबहादुर खत्री, इलाका कमिटी कास्कीका सचिब शिबलाल उपाध्यय लगायतले बोलेका थिए ।

LEAVE A REPLY