काठमाडौं, २१ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई देशमा ठूलै रक्तपात हुने भविष्यवाणी सहितको सूचना आएको छ ।

विभिन्न समयमा विभिन्न राजनीतिक भविष्यबाणी गर्दै आएकी माता सविता आचार्य (सरु) ले खनाललाई टेलिफोन गरि देशमा शीर्ष तहका नेताहरुको हत्या हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेकी छन् ।

माता सविता आचार्य

‘यसअघि पनि खनाललाई फोन गरेर माताले देशमा केही घटना हुँदैछ भनेर भनेकी थिइन्,’ खनालल भने, ‘सोही दिन प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्यो ।’

यसपटक पनि माताले टेलिफोन गरी मुलुकमा ठूलो मारपिट र रक्तपात हुने बताएकी हुन् । उनले आफूले सपनामा गोली चलेको, मानिसहरु रगतपच्छे भएर ढलेको र घाइतेलाई म्यादी प्रहरीले गोली लागेका मानिसहरुको उद्धार गरेको दृश्य बारम्बार देख्ने गरेकाले ठूलो अनिष्ट हुने खतरा रहेको दाबी गरेकी छन् ।

देश निर्वाचनमय भएपनि अकल्पनीय दुर्घटनाका कारण निर्वाचन हुन नसक्ने जिकिर गरेकी छन् ।

उनले राजनीतिक अस्थिरता बढ्दै गए राजतन्त्र फर्कने समेत बताएकी छन् । यसअघिदेखि नै उनले नेपालमा राजतन्त्र ब्युँतिने भविष्यबाणी गर्दै आएकी थिइन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगविरुद्ध जोडदार आवाज उठाइरहेका एमाले नेता यस्तो सूचनापछि झस्किएका छन् ।

@Dainiknepal

LEAVE A REPLY