पोखरा, २१ बैशाख । नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नं। ५ स्थित मालेपाटनबासी उत्पीडित समुदायको आज सम्पन्न भेलाले नेकपा एमालेका सूर्यध्वजा बाहक उम्मेदवारर्ला विजय गराउन सहयोग समिति गठन गरेको छ । रमेश नेपालीको संयोजकत्वमा १०१ सदस्यीय सहयोग समिति गठन भएको छ । उपसंयोजकमा कमला विश्वकर्मा र सचिवमा दीपक परियार रहेका छन् ।
उक्त अवसरमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेकपा एमालेको विजय सुनिश्चित भएको बताउँदै जनताको सेवा गर्न अब जनप्रतिनिधि लागिरहने बताए ।
उम्मेदवारका तर्फबाट अध्यक्षपदका उम्मेदवार धनबहादुर नेपालीले पोखरा लेखनाथ ५ मालेपाटन नमूना वडा बनाउन कार्ययोजना अघि सार्ने बताए ।
निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाद बरालले सुखी समृद्धि नयाँ नेपाल बनाउन एमालेलाई जिनाउनुपर्ने विचार व्यक्त गरे ।

LEAVE A REPLY