पोखरा २२ बैशाख । नेकपा एमाले कास्कीले आफनो चुनावी घोषणापत्र सार्वजनीक गरेको छ । पाँच वर्षभित्र पोखरा लेखनाथ महानगरपालिकालाई देशकै उत्कृष्ट बनाउने योजना सहित १५ पृष्ठ लामो घोषणापत्रमा शुक्रबार सार्वजनीक गरेको हो । सुखी नेपाली, समृद्ध नेपालको स्थापना भन्ने पार्टीको उद्घोषलाई साकार पार्न र महानगरको समृद्धिका लागी उद्देश्य निर्धारण गरेर समेत गरेको छ । पोखरा लेखनाथबासीको रहर, सुखी खुसी सभ्य र समृद्ध शहर बनाउने, अन्तराष्ट्रियस्तरका पूर्वाधार सहित सुविधासम्पन्न शहरका रुपमा विकास गर्ने, विभेद जोखिम र असमानतामुक्त सामािजक न्यायूक्त शहर बनाउने लागयतका उद्देश्य राखिएका छन् ।

महानगरको विकासमा समृद्ध महानगर गौरवशाली नागरिकको अनुभुति दिलाउने, स्मार्ट सिटिका रुपमा विकसित गर्ने, नेपालकै प्रमुख ब्यापारिक केन्द्र र पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने, अन्तराष्ट्रिय सम्वन्ध मजबुत बनाउने, ईगभर्नेन्स सेवा सहितको सुचना प्रविधिमा आधारित स्मार्ट महानगर बनाउने, पर्यटन, शिक्षा, स्वास्थ्य र मनोरञ्जनात्मकको प्रमुख केन्द्रका रुपमा विकसित गर्ने, भष्ट्राचारमुक्त राजनीति र शासन, सुशासनका निम्ति जनताप्रति जिम्मेवार महानगरीय प्रशासन बनाउने र प्रदेशको प्रमुख शैक्षिक, प्राज्ञिक र बैज्ञानिक केन्द्र बनाउने नीति एमालेको घोषणापत्रमा समेटिएको छ ।

एमालेले आफना दिर्घकालीन र अल्पकालीन प्रद्धिबद्धता समेत जनाएको छ । उसले तत्कालीन प्रतिबद्धतामा पूर्वाधार तथा यातायात, नगर प्रहरी र कर्मचारी ब्यवस्थापन, सहकारी एवं वित्तीय संस्थाहरुको ब्यवस्थापन, सञ्चार टी.भि.एफ.एम संञ्चालन, स्थानिय कर, महानगरिए सेवाको ब्यस्थापन, स्थानिय तथ्याङक र अभिलेख संकलन, महानगरिय विकास आयोजना तथा परियोजनाहरु, आधारभुत,माध्यमिक र उच्च शिक्षा, आधारभुत स्वास्थ्य र सरसफाई, स्वास्थ्य सेवा, स्थानिय बजार ब्यवस्थापन, वातावरण जैविक विविधता, सडक र सिचाईलाई तत्कालीन प्रतिबद्धताका रुपमा अगाडी बढाएको छ ।

उसले दीर्घकालीन प्रतिबद्धताहरुमा पोखरा उपत्यका वरिपरि रहेका डाँडाहरुमा सुविधायुक्त पदयात्रा मार्ग निर्माण गरि ग्रामीण पर्यटन गतिविधि बढाउन जोड दिदै यहाँ रहेका विभिन्न कोर्टहरुमा सम्भाब्यता अध्ययन गरि रोपवे तथा केलकार संचालनमा जोड, महानगरका सवै वडामा सीमावर्ती गाँउहरुलाई समेत जोडने गरि ५ वटा चक्रपथको सम्भाब्यता अध्ययन गरी राजमार्गसंगको कनेक्टिभिटीमा जोड दिदै सडकको स्तरीकरण गरि सडक सञ्जाललाई जी.पी.एस सिष्टममा राखिने, केरुङ काठमाडौ हुदै पोखराबाट लुम्विनिसम्म रेलमार्ग संचालन र कोरला भैसालोटन नाका हुदै अन्तराष्ट्रिय ब्यापार प्रवद्र्धन गर्ने प्रादेशिक सरकार एवं संघीय सरकारसंग सहकार्य ग गर्ने घोषणापत्रमा भनिएको छ ।

रुपाताल र बेगनासतालको सम्भाब्यता अध्ययन गराई सुन्दरी डाँडामा तालको पानी लिफ्ट गरेर जलविद्युत उत्पादन र विक्री वितरण गरि त्यस स्थानलाई पर्यटन क्षेत्रका रुपमा विकास ग िमहानगरको आर्यस्रोत बृद्धि गरि रोजगार प्रवद्र्धन गर्ने, सम्भाब्यता अध्ययनका आधारमा सेती, मादीको जल प्रवाह गरि फेवाताल र बेगनास ताललाई जलमार्गबाट जोडिने दीर्घकालीन योजनामा समावेश गरिएको छ ।

LEAVE A REPLY