काठमाडौं, जेठ ६– नेकपा एमालेले पहिलो चरणको चुनावमा धाँधली र गुण्डागर्दी भएको भन्दै संसदीय छानबिन गर्न माग गरेको छ । आज बसेको एमाले स्थायी समितिको बैठकले पहिलो चरणको चुनावमा सत्ता पक्षले धेरै नै धाँधली गरेको आरोप लगाउँदै संसदीय समितिमार्फत छानबिनका लागि माग गरेको हो ।

बैठकले आउँदो ३१ गते हुने चुनावअघि संविधान संशोधन हुन नसक्ने भन्दै सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पनि माग गरेको छ ।

अर्को सरकार गठनका बारेमा पनि बैठकमा छलफल हुने भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै हप्ता प्रधानमन्त्रीबाट राजिनामा दिने तयारी गरेपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य पनि अघि बढाएको छ । @Ujyaaloonline

LEAVE A REPLY