पोखरा, २८ वैशाख ।
नेपालमा पहिलो चरण अन्र्तगत यहि बैशाख ३१ गते हुन लागेको स्थानिय चुनावको प्रचारप्रसारको अन्तिम समयमा आज नेकपा एमाले माछापुच्छ्रे गाँउपालिकाको वडा न २ लाहाचोकमा चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य जगत विश्वकर्माले बैशाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावमा सामन्तबादलाई अन्त्य गर्ने गाँउगाँउमा बिकासका एजेण्डा अगाडी बढाउने, के बृद्ध, के युवा, के कृषक, के जनजाति, के दलित सबैलाई समान र निष्पक्ष दृष्टिले हेर्ने एकमात्र पार्टी नेकपा एमाले मात्र भएको बताउदैं आठ सुर्य सात छाप लगाई एमालेका उम्मेदवारलाई भारीमतका बिजय गराउन अपिल गर्नूभयो ।

नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मिलेर बसेको सुन्दर नेपाललाई, जातिय राज्य दिन्छु भन्दै जनतालाई गृह युद्धतिर लैजान लाग्ने पार्टी र भारतसंगै नाता जोडेर देशलाई टुक्राउन खोज्ने पार्टीहरुलाई नेपाली जनताले प्रष्ट चिनिसकेको बताउदै देश टुक्राउन र जातिय राज्य हुनबाट बचाउन आफ्नो पार्टी लागिरहेको बताउनुभयो । स’खी नेपाली सम्बृद्द नेपाल बनाउने एजेण्डा ने क पा एमाले सग मात्र भएको भन्दै उहाँले माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष, उपाध्यक्षका उम्मेदवार लगायत ४७ जना उम्मेदवार सबैलाई सुर्य चिन्हमा मतदान गरि विजयी गराउन समेत आग्रह गर्नूभयो ।

कार्यक्रममा विशेष अतिथि ,चुनाव प्रचार प्रसार समिति संयोजक जगन्नाथ बाँस्तोलाले माछापुच्छ्रे गाउपालिका को कार्यालय लाहाचोकमा हैन अन्य ठाएमा सार्रने आसवाशन दिदै अन्य पाटीले भ्रम छर्रदै हिडैको भन्दै गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार कर्णबहादुर गुरुङ प“र्ब र उपाध्यक्ष पश्मिको उमेदबार भएका कारणले पनि अ? कसैले भन्दैमा गाउपालिकाको कार्यलय लाहाचोकबाट क’नै हालतमा पनि नसारिने भन्दै लाहाचोक बासीलाई ढ’क्क रहन समेत आग्रह गर्न’ भयो .माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार कर्णबहादुर गुरुङ ले गाउँपालिकाको आर्थिक समृद्धि, पर्यटनको विकास र उद्यमशीलता अभिबृद्धि गर्ने, गाउपालिका सम्म आएनका लागि कच्ची सडकलाई ग्राभेलिड, नाला कल्बोट र्निमाण गर्नका लागि आफ’ लागिपरर्न भन्नदै पाच बर्ष पछि गाउँपालिका लाई स’न्दर नगरपालिकामा बनाउने आफ्नो योजनालाई सफल पार्न स“र्य चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन् . ‘अहिले गरेका सबै प्रतिबद्धता प’रा गर्नेछ’,’ उनले भने, ‘मेरो सबै योजना प’रा गर्न स“र्य चिन्हमा मतदान गरी विजयी गराइदिन’होला .’, यसै गरि उपाध्यक्ष कृष्ण कुमारी दवाडी,वडाका अध्यक्ष पुर्ण बहादुर शाही लगायतले बोल्नुभएको थियो ।

सभामा सांस्कृतिक उपसमितिका संयोजक याम बहादुर ग’?ङको , संयोजनमा लोक गायक प्रजापति पराजुली, शरला पाण्डे,आयुष परियार, बसन्ती थापा, श्रीराम अधिकारी, लक्ष्मी सुवेदी लगायतका कलाकारले आफ्नो प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।चुनाव प्रचार प्रसारको अन्तिम दिन आज बिहान गाँउपालिकाका प्रत्येक वडा वडामा सम्पुर्ण उम्मेदवार, गाँउपालिका स्थित क्लब, आमा समुह, कृषक लगायत बाजागाजा सहित र्याली सहित कोण सभामा परिणत भएको थियो ।

यसैबिच , लाहाचोक वडा नं.२ युवा संघको तर्फबाट गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार कर्ण बहादुर गुरुङ लगाएतका उमेदबारह?लाई चुनावी खर्चका लागी भन्दै रु १० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
लाहाचोक गाँउ कमिटिका अध्यक्ष टेक बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत आफनो प्रतिबद्धता सहित वडा अध्यक्षका उम्मेदवार पुर्ण बहादुर शाहीले र संचालन पान बहादुर जिसीले गर्नूभएको थियो ।

LEAVE A REPLY