पोखरा, २१ बैशाख l पो.ले १४ मा एमालेको विभिन्न पाँच स्थानमा चुनाव प्रचार सम्पर्क कार्यालय उदघाटन गरिएको छ । विहिवार भएको कार्यक्रममा देउराली टोलमा निर्वाच सम्र्पक कार्यालय खुला पुरुष तर्फका उमेदवार जितेन्द्र जङ थापाले गरे, खाल्टेमसिना निर्वाचन सम्र्पक कार्यालय वडा संगठन कमिटी संयोजक वल बहादुर सेन्चुरीले गरे, त्यस्तै मझेरीपाटन निर्वाचन सम्र्पक कार्यालय क्षेत्र नं. २ का सस्दय जंग बहादुर कुँवर र राधा देवी कार्कीले संयुक्त उदघाटन गरे,वेलचौतारा निर्वाचन सम्र्पक कार्यालय निर्वाचन परिचालन कमिटी संयोजक रोम बहादुर कार्कीले । उता स्वागतनगर चाउथे निर्वाचन सम्र्पक कार्यालय प्रचार संगठन कमीटिका सचिव बटुकृष्ण कुँवरले उदघाटन गरेको वडा संगठन कमीटिका सल्लाहकार पृथ्वी कुँवरले जानकारी दिए ।
सोही क्र्रममा एमाले वडा अध्यक्ष उमेदवार प्रेम बहादुर कार्की, खुला वडा सदस्य ढोल बहादुर गुरुङ ,खुला पुरुष सदस्य जितेन्द्र जंग थापा, महिला सदस्य यशोधा भट्राई, दलित महिला सदस्य सुन कमली वि.क, निर्वाचन परिचालन कमीटि संयोजक रोम बहादुर कार्की वडा संगठन कमीटि संयोजक बल बहादुर सेन्चुरी वडा संगठन कमिटी सह– संयोजक माओ थापाले अव हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा वडा नं. १४ मा नेकपा एमालेको जित सुनिश्चित हुने बताए । कार्यक्रम सञ्चालन वडा प्रचार संगठन कमीटिका सचिव बटुकृष्ण कुँवर गरेका थिए ।

LEAVE A REPLY