अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले ‘एच वान बी’ भिसामा कडाई गर्न नयाँ कदम उठाएको छ । यो नयाँ कदमले विशेषगरी कम्पनीहरुद्वारा विदेशी प्रोफेसनलहरुलाई अस्थायी रुपमा काममा लगाउनबाट रोक्नेछ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार एच वान बी भिसाको नियमलाई कडा गर्न ट्रम्प सरकारले अरु पनि नयाँ निर्णय लिन सक्नेछ ।स्मरणीय छ कि राष्ट्रपति बनेयता ट्रम्पले एच वान बी भिसालाई निशाना बनाउँदै आएका छन् । यसअघि उनले एच १ बी भिसाका लागि चिठ्ठा प्रणाली अन्त्य गर्ने वाचा गरिसकेका छन् ।

सञ्चारमाध्यमका अनुसार एच वान भिसामा कडाई गर्ने घोषणा अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले गरेको हो । यसअघि ट्रम्प सरकारले आफ्नो न्याय मन्त्रालयमार्फत सबै कम्पनीहरुलाई एच वान बी भिसाको दुरुपयोगमाथि चेतावनी जारी गरेको थियो ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार एच वान भिसा को पुरा प्रक्रियामा पारदर्शीता ल्याउनका लागि यो कदम उठाउनु जरुरी थियो । भविष्यमा ट्रम्प सरकारले फेडेरल ऐजेन्सीहरुमार्फत यस कार्यक्रमलाई कडाईका साथ लागू गर्न भन्ने छ ।

नयाँ कदम अन्तरगत होम सेक्युरिटी डिपार्टमेन्टले ती स्थानहरुको अनुगमन गर्नेछ जहाँका कामदारहरु एच वान बी भिसावाहक छन् ।

भविष्यमा पनि अमेरिकी नागरिकता तथा अध्यागमन सेवा एजेन्टले यस्ता कम्पनीहरुको अनुसन्धान गर्नेछ, जहाँ अमेरिकी कामदारको तुलनामा एच वान बी कामदारहरुको संख्या ठूलो छ । यसका अलावा रोजगारदाताको आधारभूत व्यवसायिक सुचना अद्यावधिक भएको छ कि छैन भन्ने पनि हेरिनेछ ।

रोजगारदार्ताहरुले ती एच वान बी भिसा कामदारहरुको बारेमा पनि बताउनुपर्नेछ जो कुनै अर्को कम्पनीमा ‘अफ साइट’ काम गर्छन् ।

के हो एच वान बी भिसा ?

एच वान बी भिसा यस्ता विदेशी पेशेवरहरुका लागि जारी गरिन्छ, जो खास काममा दक्ष हुन्छन् । अमेरिकी नागरिकता तथा अध्यागमन सेवाका अनुसार यी ‘खास’ पेशेवरमा वैज्ञानिक, इन्जिनीयर तथा कम्युटर प्रोग्रामर लगायत छन् ।

हरेक वर्ष करिब ६५ हजार व्यक्तिलाई चिठ्ठा प्रणालीबाट यस्तो भिसा जारी गरिन्छ । आइटी कम्पनीहरु यी पेशेवरहरुप्रति धेरै निर्भर हुन्छन् । सन् २०१७-१८ का लागि एच वान बी भिसा जारी गर्न सोमबार कुनै परिवर्तनबिना चिठ्ठा प्रणाली सुरु भइसकेको छ ।

@onlinekhabar

LEAVE A REPLY