पोखरा, २ मंसिर । पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टिबिहीनहरुका लागि उनले जग्गा सहयोग गरेका हुन् । पोखरा बिजयपुरमा रहेको ५ आना २ पैसा क्षेत्रफलको जग्गा शनिबार नेत्रहिन संघ कास्कीलाई हस्तान्तरण गरेकाहुन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङका अवसरमा उनले दृष्टिबिहीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले जग्गासहयोग गरेकाहुन् ।तिमिल्सिनाले धर्मपत्नीबन्दना र छोरा बिराटको साथमा जग्गादान गरेका हुन् ।असाहाय बालबालिकाहरुको शिक्षादिक्षा तथा उनीहरुलाई आत्मनिर्भर बनाउन जग्गादान गरेको तिमिल्सिनाले बताए ।

LEAVE A REPLY