पोखरा, मंसिर–१ l पोखराको पाल्पाली मार्ग बिरौटामा अवस्थित एक्सआर्मी पब्लिक माविमा संचालित त्रिदिवसीय खेलकुद महोत्सव शुक्रबार सम्पन्न भयो । उक्त कार्यक्रम विद्यालयको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको हो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि खड्ग बहादुर शाहीले खेलको महत्त्व दर्साउँदै उत्साहकासाथ खेलकुद महोत्सव सम्पन्न गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक मोहन लाल पौडेलले विद्यालयको विगतको इतिहास कोट्याउँदै जिल्ला स्तरीय प्रतियोगिताका लागि आन्तरिक प्रतिस्पर्धा बलियो आधार हुने बताउनुभयो । साथै खेलकुद महोत्सवलाई सफल बनाएकामा अतिरिक्त क्रियाकलाप प्रमुख आशिष केसी, खेल शिक्षक किशान भण्डारीलगायत सम्पूर्ण शिक्षक शिक्षिकालाई धन्यवाद दिनुभयो ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी कार्यक्रममा ट्रयाक एण्ड फिल्डका ४० खेलमा विद्यार्थीहरुले आप्mनो प्रतिभा र क्षमता प्रदर्शन गरेका थिए । नर्सरीदेखि दुई कक्षासम्म कक्षागत र ३–१० कक्षासम्म अन्तरसदनात्मक रुपमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । मार्च पासबाट आरम्भ भएको खेल महोत्सवमा

मार्चपासतर्पm निलो सदन प्रथम भयो भने हाउस च्याम्पियन पनि निलो सदन भयो ।

अतिरिक्त क्रियाकलाप प्रमुख आशिष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका कलिमाया रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संचालन शिक्षक कृष्ण प्रसाद काप्mलेले गर्नु भएको थियो ।

LEAVE A REPLY