कालिकोट, वैशाख ३१ l नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालिकोटको नरहरी गाउँपालिका–६ मा रहेको नन्दादेवी मावि सेरापाटन मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेका छन् ।

उनीहरुले मतपेटिका आफूहरुलाई नदिए सुरक्षाकर्मी र मतदान अधिकृतसहित मतपत्र आगो लगाई दिने धम्कि दिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
उनीहरुले मतदान सकिएपछि ढुगां मुढा समेत गरेका थिए । ढुगांमुढाको प्रतिकार गर्दै प्रहरीले हवाई फायर गरेको थियो ।

आठ सय ७९ मतदाता रहेको मतदान केन्द्रमा प्रहरी र नेत्रविक्रम चन्दको समूहबिच झडप हुँदा ४ जना सर्वसाधरण र दुई जना प्रहरी घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट थप सुरक्षाकर्मी घटनास्थल तर्फ गइसकेको प्रहरीले जनाएको छ ।

@ujyaaloonline

LEAVE A REPLY