विजुवार–१ प्यूठानमा वि.सं. २०४५ पिता तेजप्रसाद मिश्रण र माता पर्वता पण्डितको कोखबाट जन्मिएका सञ्जय पण्डित कृतिमानी विश्व पर्वतारोही एवंम् लामोदुरीका धावक हुन् । लामो दुरीका धावकको रुपमा आफ्नो करीअर सुरुवात गरेका पण्डितले अहिलेसम्म करिब २,४९५ कि. मि. लामो दौडको साहषिक यात्रा दौड दौडिसकेका छन् ।

विश्वकै सर्वोच सिखर सगरमाथा प्राणघातक हिमालको रुपमा चिनिने मनास्लु, आइल्याण्ड पिक, चुकुन्ग्री पिक, नागार्जुन पिकसहित एसिया, अफ्रिका, जापान, अमेरिका तथा यूरोपका सर्वोच शिखरहरुको सफलतापूर्वक कृतिमानी आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोर अस्ट्रेलियाली सर्वोच्च शिखर कोजियसको उल्टो पैदल हिँडेर आरोहण गर्दै नेपालकै उल्टो हिँडेर हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही रुपमा नाम लेखिसकेका छन् ।

पण्डितले गत जनवरीमा मात्र प्राविधिक एवंम् आर्थिक हिसाबले निकै महँगो संसारको सातौ महादेशको सातौ सर्वोच शिखर अन्टारटिकाको बिन्सोंन मासिफर अन्टारटिकाकै चर्चित पर्वत माउन्ट रजम्यान दक्षिण मोहोडाबाट आरोहण गरी रजÞम्यान हिमाल चढ्ने पहिलो नेपाली विश्व आरोही हुन् ।

सगरमाथासहित विश्वका ११ चर्चित हिमालका आरोहण गरेका पण्डितले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रत्यक्ष प्रभावबारे जनचेतना फैलाउने र विश्व शान्तिको लागि आरोहण गर्नु उनको प्रमुख उद्देश्य हो । पण्डित युवा राष्ट्रिय प्रतिभा पुरस्कार २०१४, राष्ट्रिय युवा साहषिक खेलकुद हिरो २०१५ र जनसेवा श्री तक्मा २०१६ बाट सम्मानित भैसकेका छन् ।

उनले आफ्नो दौड अनि आरोहणको रमाइलो किस्सा यसरी सुनाए ।
म पहिले धावक थिएँ, त्यसपछि लामो दुरीको धावक भए, अनि मात्र पवर्तारोही । एउटा धावकको रुपमा मैले काठमाडौं अन्तर्राष्ट्रिय म्याराथुन, दोस्रो रियल अन्तर्राष्ट्रिय म्याराथुन, चौथो रियल म्याराथुन, इन्भेष्टमेण्ट बैंक म्याराथुन, तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथुन, क्षेत्रिय एथलेटिक्स प्रतिस्पर्धा जस्ता दर्जनौं खेलहरुमा सहभागिता जानाएको छु भने अल्ट्राधावकको रुपमा मनास्लु अल्ट्रा टे«ल म्याराथुन २१३ किमि जस्तो प्रतिष्ठित दौडमा १४ राष्ट्रका ३७ अन्तर्राष्ट्रिय खेलाडीसँग ७ दिन लगाएर कठिन म्याराथुन पार गरेको छु ।

मैले हिमाल, पहाड, तराई गरेर २,४९३ कि. मि. लामो दुरीको साहषिक दौड सम्पन्न गरिसकेको छु । मेरो जग धावन हो । म म्याराथुन खेलाडी भएकै कारणले सगरमाथा जस्ता अन्य विश्व चर्चित हिमाल आरोहण गर्ने अवसर पाएको हुँ । मैले मेरो गाउँदेखि करिब ४० कि. मि. को दुरिमा रहेको गौमुखी माविमा अध्ययन गर्थें । हरेक शुक्रबार आउने जाने क्रम ४ वर्षसम्म निरन्तरता भयो उक्त स्कुलको प्राचार्य मेरो बुबा हुनुहन्थ्यो ।

मैले हिमाल, पहाड, तराई गरेर २,४९३ कि. मि. लामो दुरीको साहषिक दौड सम्पन्न गरिसकेको छु । मेरो जग धावन हो । म म्याराथुन खेलाडी भएकै कारणले सगरमाथा जस्ता अन्य विश्व चर्चित हिमाल आरोहण गर्ने अवसर पाएको हुँ ।

हामी दुई दाजुभाईसँगै अध्ययन गर्दथ्यौँ । बुबाको आदेशअनुसार हरेक बिहान ४ बजे उठेर दैनिक दौडने र कसरत गर्ने दिनचार्य नै बनिसकेको थियो । बुबा भन्नुहुन्थ्यो दौडिएपछि कि खेलाडी भइन्छ नत्र भने स्वस्थ व्यक्ति अवश्य भईन्छ । जब एसएलसी सकेर उच्च शिक्षाको लागि काठमाडौं आए त्यसपछि एथ्लेटिक्सको महत्व बुझेँ र रातदिन दौडमा अभ्यास गर्न थाले कालान्तरमा लामो दुरीको धावकको रुपमा स्थापित हुने मौका पाएँ ।

दौडलाई सँगसँगै लैजाने क्रममा टेलिभिजनको स्क्रिनमा एक दिन विश्व प्रसिद्ध आरोही आप्पा शेर्पा तथा मिङ्गमा शेर्पाको साहसिक वृतचित्रले हिमाल आरोहणतर्फ आकर्षित गर्यो । किलर माउण्टेन भनेर चिनिने मनास्लु विश्वकै सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, युरोपको उच्च शिखर एलबु्रश, अस्ट्रेलियाको कोसिउस्ज्को, अमेरिकाको सर्वोच्च शिखर अकोन्कागुआ, जापानको सर्वोच्च शिखर फुजी, रसियाको चचिर्त पहाड चिगार्ड, ११ पर्वतको सफलतापूर्वक आरोहण एवंम् अनुभव प्राप्त गरिसकेको छु ।

मैले दौडमा २,४९३ कि. मि. दौडिएर राखेपबाट लामो दुरीको धावकको कृतिमानी मान्यता पाएको छु । त्यस्तै युरोपको सर्वोच्च शिखर एल्बरुसको टाकुरोमा ६ मि. ३ से. अर्ध नाङ्गिएर, अफ्रिकाको किलिमन्जारोमा तिव्र गतिको आरोहीको रुपमा कृतिमान बनाउँदै अस्टे«लियाको उच्च शिखर कोजिएसकोमा आधार शिबिर थ्रेड्बोदेखि उच्च बिन्दुसम्म उल्टो हिँडेर शिखरमा पुगेको छु । अमेरिका तथा जापानको सर्वोच्च टाकुरामा नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल तथा भादगाउँले टोपी लगाएर राष्ट्रिय गीत गाएको छु ।

प्यूठानको स्वर्गद्वारीदेखि काठमाडौंसम्मको दौडमा ५ सलाईन पानी चढाउनुपरेको थियो । यो नै मेरो जीवनको सबैभन्दा कहालीलाग्दो दुःखद क्षण हो दौडमा । मनास्लु अल्ट्रा दौडमा विश्वका चर्चित धावकहरुसँग दौडी २१३ किमि दौड पार गर्नु मेरो अत्यन्त खुसीको क्षण हो । मनास्लु आरोहणमा १४ जना आरोही आफ्नै अगाडि हिम पहिरोले पुरेर ज्यान गएको क्षण र आफूसँगै सुतेका स्पेनका मार्टेन त्यहि हिमपहिरोमा पर्नु र देवाशन हुनु तथा सगरमाथा आरोहणको क्रममा आफ्नै गाईड लोप्साङ्ग शेर्पालाई गुमाउनु पर्दाको क्षण अत्यन्तै दुःखद क्षण हुन् ।

सगरमाथा तथा अन्य हिमालमा राष्ट्रिय झण्डा फरफराउनु सबैभन्दा खुसीको क्षण थिए । त्यस्तै मैले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो निरन्तर २५ घन्टा ४० मिनेटमा हिँडेर २०१५ को डिसेम्बेरमा सफलतापूर्वक आरोहण गरिसकेको छु । मैले गत जनवरी ४ का दिन अन्टारटिकाको भिन्सोंन मसिफमा पाइला राख्न सफल भए नेपाली झन्डासँगै मैले भादगाउँले टोपी शिरमा लगाएर प्रर्दशन गरेँ ।

मैले भिन्सोंन मसिफ आरोहण गरेको ४ दिनपछि अन्टार्कटिकाको अर्को चर्चित पर्वत माउन्ट रजडम्यान आरोहण गरेँ । मैले करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएँ । मलाई अमेरिकी विश्व चर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए ।

मौसम निकै प्रतिकुल हुँदा पनि म सहितको टोलीले सफल आरोहण गर्न सफल भयौँ । मैले अन्टारकटिका हिमाल आरोहण अभियानमा सहयोग गर्ने सबैलाई शिखरबाट धन्यवाद दिएँ । कृतिमानहरु सुनियोजित हुँदैनन् । ति कुरा तत्कालै निर्माण हुन्छन् । तेंन्जिङ्ग शेर्पा, आप्पा शेर्पा, मिङ्गमा शेर्पा जस्ता विश्व प्रसिद्ध आरोहीले नेपाललाई विश्वमा हिमाल आरोहण गरेर चिनाएका हुन् । उनीहरुले आफ्नो अद्भुत क्षमताले हिमालमाथि विजयी प्राप्त गरेर नेपाललाई संसारमा चिनाएका हुन् ।
त्यसैले आरोहण क्षेत्रलाई पनि सरकारले उचित ध्यान दिनुपर्छ । पर्वतारोहण क्षेत्रलाई एउटा सरकारी हिस्सा बनाउनुपर्दछ भन्ने मेरो मान्यता हो । अहिलेसम्म साथीभाई, शुभचिन्तक, नेपाल सरकारको साथ पाएर नै यो उपलब्धी हासिल गरेको हुँ । यो समाजमा दुई थरिका मान्छेहरु हुने गर्दछन् । एउटा सकारात्मक सोच राख्ने र अर्को नकारात्मक सोच राख्ने ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो निरन्तर २५ घन्टा ४० मिनेटमा हिँडेर २०१५ को डिसेम्बेरमा सफलतापूर्वक आरोहण गरिसकेको छु । मैले गत जनवरी ४ का दिन अन्टारटिकाको भिन्सोंन मसिफमा पाइला राख्न सफल भए नेपाली झन्डासँगै मैले भादगाउँले टोपी शिरमा लगाएर प्रर्दशन गरेँ ।

सकारात्मक सोच राख्ने मान्छेहरुले उन्नती प्रगति तथा आफ्नो लक्ष्यमा पुग्न आतुर हुन्छन् । भने नकारात्मक सोच विचार भएका मान्छेहरु अरुको प्रगतिमा रिस डाह गर्ने अरुलाई होच्याउने गाली गरी आफू र आफ्नो समूहमा आत्मसन्तुष्टि प्राप्त गर्ने । यसमा मलाई सामान्य लाग्छ । मानौं ओलम्पिक दौडमा नेपाली खेलाडी दौडियो, उसको पोजिसन ३० भित्र पर्न सफल भयो, अब भन्नुहोस् त्यो खेलाडी ओलम्पियन खेलाडी नै होइन किनकि ऊ प्रथम आउन सकेन भन्न मिल्छ ? हो यहि दुर्गती छ नेपाली खेलकुदमा । सफलता प्राप्त गर्नेलाई मात्र प्रोटेक्सन गरिन्छ ।

असफलहरुलाई दर्जा नै दिईदैँन् । अर्जेनटिना, ब्राजिलजस्ता ल्याटिन अमेरिकन देशहरु फुटबलका कारणले गर्दा संसारमा प्रसिद्ध छन् । केन्या, इथोपिया जस्ता देशहरु दौडको कारणले गर्दा संसारभर चम्किएका छन् । विश्वमा सबैभन्दा छिटो बिक्ने समाचारमध्ये नेपालका हिमालहरु हुन् । यो पर्वतारोहण क्षेत्रलाई पनि युरोप, अमेरिका, रसिया जस्तै अन्तर्राष्ट्रिय स्तरको संघको रुपमा सरकारकै एउटा अभिन्न अंग बनाईयोस् भन्ने मेरो भनाई हो ।

नेपाली खेलकुदमा लागेर पनि बाँच्न सकिन्छ भन्ने हरेक नेपालीको मन र मुटुमा रहनुपर्छ । सरकारले खेलकुद तथा पर्यटन क्षेत्रमा बार्षिक बजेटको १५५ मात्र समावेश गर्न सकियो भने मात्र खेलकुद र पर्यटन क्षेत्रमा आमुल परिवर्तन हुनसक्छ । संसारको उच्च बिन्दु सगरमाथादेखि ८,००० मि. का ८ ओटा हिमाल र सयौँ हिमपर्वत भएको देशबाट हरेक वर्ष १० औँ हजार नेपाली युवा विदेशीनुपर्ने अवस्था हुने थिएन ।

@news 24

LEAVE A REPLY