काभ्रे, वैशाख २९ – काभ्रेमा उम्मेदवारको जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चाैँरी देउराली गाउँपालिका–३ का एमालेका वडा अध्यक्ष उम्मेद्वार डम्बरबहादुर लामाले प्रयोग गरेको जिप दुर्घटना हुँदा चालक नुवाकोटका जीवन ढुंगेल घाइते हुनुभएको हो ।

वडा नम्बर ३ को मतदान केन्द्र माझीफेदामा मतदाता परिचयपत्र लिन आएकालाई गन्त्व्यमा पुर्‍याएर उम्मेद्वारलाई लिन फर्कने क्रममा बा ५ च ८६६४ नम्बरको जिप सडकबाट तल खसेको प्रहरी निरीक्षक पुष्कल थापाले जानकारी दिनुभयो ।

जिपमा चढेका सबैजनालाई झारेर फर्काउने क्रममा जीप दुर्घटना भएकाले चालक मात्र घाइते हुनुभएको हो । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईदै छ ।

@Ujyaaloonline

LEAVE A REPLY