ओखलढुंगा,१० बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । १० जना शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाइसकेका छन् ।

राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडाध्यक्ष र घिमिरेले चम्पादेवी गाउँपालिकाको अध्यक्षको टिकट पाउने भएपछि राजीनामा दिएका हुन् । पार्टीको आग्रहमा आफूले राजीनामा दिएको पौडेलले बताए ।

त्यस्तै स्थानीय चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन् । उनी सिद्धिचरण नपाको १ नं वडामा अध्यक्ष लड्दैछन् ।

माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले राजीनामा दिएका छन् । माओवादी केन्द्र निकटका देवराज श्रेष्ठ र धनश्याम दाहालले पनि राजीनामा दिएका छन् । पार्टीलेे वडा अध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन् ।

LEAVE A REPLY