काठमाडौं,८ कात्तिक । निर्वाचन आयोगले १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्दै छ । उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले बुधबार नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेको हो ।

पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रत्यक्ष तर्फको निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभाका लागि ३२० र प्रदेशसभाका लागि ४८२ गरी कुल ८०२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

मंगलबार दावी विरोधको प्रक्रिया सकिएकाले आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव चिहुन वितरण गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणमा १० मंसिरमा उच्च पहाडी तथा हिमाली गरी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । २१ मंसिरमा ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ ।

LEAVE A REPLY