काठमाडौं, वैशाख २० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनको वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको दाबी गरे ।

संविधान संशोधनकोबेला सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै यादवले सविधान संशोधन नभइ दोस्रो चरणको निर्वाचन गराउन खोजे त्यो अर्थहीन हुने र पहिलो चरणको निर्वाचनले पनि मान्यता नपाउने बताए ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन पनि उनले माग गरे ।

LEAVE A REPLY