पोखरा २० बैशाख । स्थानिय निवाचनमा आफना उम्मेदवारलाई जिताउन एमालेले प्रचारप्रसारलाई तिव्र पार्ने भएको छ । बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । पोखराको १ देखि ३३ वडाका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्ने छन् । भने वडास्तरीय सभा तथा मतदाता समक्ष पुग्ने भएका छन् ।
यसैवीच पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरकी उम्मेदवार मन्जु गुरुङलाई जिताउन तमुसंग सम्वन्धित विभिन्न संघसंस्थाले सहयोग गर्ने भएका छन् । विभिन्न तमुसंग सम्वन्धित संघसस्थाका प्रतिनिधिसंग भएको छलफलमा उनीहरुले गुरुङलाई जिताउन सहयोग गर्ने बताएका छन् ।

ब्यक्तिको आस्था जहाँ भएपनि मन्जुलाई जिताउन हामी सक्रिय रुपमा सहभागी हुने उनीहरुले बताएका छन् । उपमेयरका उम्मेदवार मन्जु गुरुङले आफुलाई जिताउन आग्रह गरिन् । पोखराको विकास र समृद्धिका साथै तमुहरुको गौरव बढने भएकाले आफुलाई जिताउन आग्रह गरिन् । उनले सवैको सहयोग र साथले मात्रै आफुले जित्ने भएकाले सहयोग गर्न आग्रह गरिन. ।

LEAVE A REPLY