पोखरा, १८ चैत । नेपाल सरकारका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शनिवार पोखरा आउने भएका छन् । ।
स्थानीय निकायमा राज्य पुनःसंरचना समितिको अधिकार तथा बैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनका सम्बन्धमा पोखराको निर्वाचन आयोग र अन्य सरकारी कार्यालयहरुका प्रमुखहरुसँग छलफल गर्न उहाँ पोखरा आउनु हुने भएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।
सोही अवसरमा उपप्रधानमन्त्री थापाले शनिवारदेखि शुरु हुने पुन मगरहरुको संस्था पुन समाज नेपालको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको पुन समाज नेपालका सर्वमान्य संरक्षक भूपू मन्त्री उत्तम पुनले जानकारी दिए ।
त्यसैगरी राप्रपा कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई स्थानीय निकायको निर्वाचनमा राप्रपाले खेल्नुपर्ने भूमिका सम्बन्धीमा महत्वपूर्ण जानकारी सहितको आवश्यक जानकारी प्रदान गर्ने कार्यक्रम समेत रहेको राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले बताए ।

LEAVE A REPLY