पोखरा, ३० चैत। पोखरा–१३ उद्गममार्ग स्थित एसएनएस ब्लक उद्योगले अरण्यज्योती पुस्तकालयलाई १० हजार रुपैया आर्थिक सहयोग गरेको छ। उद्योगको आम्दानी सामाजिक कार्यहरुमा खर्चगर्दै जाने उदेश्य अनुसार
पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो। ब्लक उद्योगको तर्फबाट नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारीलाई रकम हस्तान्तरण गरेका थिए। सो रकमबाट बालबालिकाका लागि आवश्यक पुस्तक खरिद गर्ने अध्यक्ष भण्डारीले बताए।

LEAVE A REPLY