पोखरा,२१ वैशाख । उत्पादनको गुणस्तरता वृद्धि गर्न पोखराका व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व व्यवस्थापन सम्बन्धी तालीम दिइएको छ । तालीममा पोखराका करीब १९ जना अटो वक्र्ससँग सम्वन्धित तथा फर्निचर व्यवसायी व्यवसायीहरु सहभागि थिए ।
पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान९ आइडिआई०को आयोजना तथा गण्डकी अटोमेकानिकल वक्र्स एसोसियन र पोखरा फर्निचर एण्ड फर्निसिङ व्यवसायिक संघको सहकार्यमा तालीमको आयोजना गरिएको हो ।
बिहीबार पाँच दिने तालीमको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफ्नो क्षमतालाई उजागर गर्न तालीम फलदायी भएको विश्वास व्यक्त गर्नुभयो उत्पादनको गुणस्तर सुधार हुन सके नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने उहाँको भनाइ थियो । उत्पादन र राष्ट्रिय अर्थतन्त्रको विकासबीच अन्योन्याश्रीत सम्वन्ध रहेको चर्चा गर्दै उहाँले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा जोड समेत दिनुभयो । तालीमका प्रशिक्षक रामप्रसाद तिवारीले उत्पादन लागत कम गर्दै उत्पादकत्व अभिवृद्धिको लागि तालीमको आयोजना गरिएको बताउनुभयो । ज्ञान, सीप र तालीमप्राप्त व्यक्ति बजारमा सजिलै बिक्ने भएकोले दक्षता अभिवृद्धिमा ध्यान दिन उहाँले व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा सहभागिहरुको तर्फबाट यामनाथ आचार्य र विनोद भट्टराईले पनि मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY