साउन १९ पोखरा l पोखरा एक्सप्रेस समाचार पत्रिकाका संस्थापक प्रकाशक तथा तथा प्रधान सम्पादक बालकृष्ण उग्रताराको आठौ स्मृति दिवस शुक्रबार बिहान पोखरामा एक बिषेश कार्यक्रमको आयोजना गरि मनाइदै छ । सो अबसरमा उनको परिवारद्वारा स्थापित एबम सोहि पत्रिकाद्वारा संचालित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार ९२०७४ पनि प्रदान गरिने भएको छ । उक्त पुरस्कारबाट यस वर्ष पोखराका अग्रज पत्रकार गंगाधर पराजुलिलाई सम्मान गर्न लागिएको छ ।पत्रकार नारायण कार्कीको संयोजकत्वमा बनेको पाच सदस्यीय छनोट समितिको निर्णय अनुरुप पराजुलिलाई सम्मान गर्न लागियको सो पत्रिकाले जनाएको छ। नेपाल सरकारका न्याय ,कानुन तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको उपस्थितिमा शृजनाचोक स्थित साइमन पार्टी प्यालेसको सभाहलमा आयोजना हुने कार्यक्रममा पराजुली सम्मानित हुने छन् ।

दुइ लाख १ हजार १ सय ११ अक्षय कोष र २० हजार १११ नगद राशि ,दोसल्ला र सम्मान पत्र रहेको सो पुरस्कारबाट यस अघि पाल्पाका मेघराज शर्मा ,पर्बतका भोलानाथ शर्मा ,कास्कीका कुसुम केशब पराजुली ,नबराज सुबेदी , नारायण कार्की ,रुद्र बहादुर थापा सम्मानित भैसकेका छन् प्रदेश न ४ मा कम्तिमा १५ वर्ष पत्रकारिता गरेका व्यक्तित्वलाई सो पुरस्कार प्रदान गरिदै आएको पोखरा एक्सप्रेसका कार्यकारी निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिए ।

LEAVE A REPLY