कलाकारितामा केही फरक पहिचान बनाएका कलाकार सुलेमान शंकर उर्फ ‘ईकु’ निर्मित चलचित्र ‘फिर्के’ को दुई भिन्ना भिन्दै पोष्टर रिलिज गरिएको छ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा उनले निभाएको भूमिकाकै कारण ‘ईकु’ उपनाम पाएका शंकरले यस अघि ‘ईकु’ नै टाइटल राखेर फिल्म निर्माण गरेका थिए ।

आगामी पौष १४ गतेलाई रिलिज डेट तय गर्दै सार्वजनिक गरिएको पोष्टरमा कलाकार ऋचा शर्मा, अर्पण थापाको साथ ईकु अटाएका छन् । अर्का हास्यकलाकार रवि डंगोल ‘बेइमान’ ले यो चलचित्रको निर्देशन गरेका हुन् । ‘फिर्के’ मा अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ, पूर्ण थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

ओमलाल गुरुङ र राजेश श्रेष्ठको लगानी रहेको यस चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्धन्द, विश्व नेपाली र सुवास भुषालको संगीत, डि गुरुङको सम्पादन रहेको छ ।

LEAVE A REPLY