काठमाडौ,२२ कात्तिक  । अति दुर्लभ रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको मृत्यु भएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु मारवर्ग नामक भाइरसको संक्रमणका भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ ।

यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो । चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसको थुुक, र्‍याल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

यो रोग लागेको दुई दिन देपखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ ।

यो रोग लागेमा लक्षण अचानक देखिने गर्छ र डर लाग्दो अवस्थामा देखा पर्ने गर्छ । यो रोग लागेमा मांसपेशी दुख्ने, शरीरमा पीडा हुन्छ । सामान्यतः यो रोगको लक्षण देखा परेको तीन दिन पछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने लगायतको ग्याष्ट्रोइन्टेस्टाइनल समस्या देखिन थाल्छ ।

विश्व स्वास्थ्य संगठनले यस्तो अवस्थामा आउने विरामीलाई भूतको संज्ञा दिएको छ, जहाँ विरामीको आँखा भित्र पस्ने, कुनै प्रतिकि्रया नजनाउने तथा थकित हुने गर्दछन् ।

यो रोगमा पनि इबोलामा झै क्रोनिक हेमोरहेजिक ज्वरो आउने गर्छ । जसमा धेरै ज्वरो आउने र रक्तनलीले राम्रोसँग काम गर्न सक्दैन र निरन्तर रगत बग्न थाल्छ ।

यस्तो लक्षण रोग लागेको ५ देखि ७ दिन भित्रमा देखिन सुरु हुन्छ । यदि यो रोग देखिएमा वान्तामा रगत देखिने, नाक, मुख, गिजाबाट रगत बग्ने गर्दछ । त्यस्तै, यो रोग लागेमा स्नायु प्रणालीमा समेत समस्या उत्पन्न भई व्यक्ति चिडचिडा हुने, दिग्भ्रमित हुने गर्दछ । साथै लक्षण देखा परेको करिब ८ देखि ९ दिन भित्रमा मानिसको मृत्यु हुन्छ ।

यो रोग विश्वमै नयाँ भएको र हालसम्म तीनजनामात्र यसबाट प्रभावित भएकोमा तीनजनाकै मृत्यु भएकोले विश्व स्वास्थ्य संगठनले यसको मृत्युदरलाई शतप्रतिशत मान्दै आएको छ ।

 

LEAVE A REPLY