पोखरा, बैशाख २९ l स्वच्छ निर्वाचनका लागी नागरीक अभियान अन्र्तगत बैशाख ३१ गते हुने निर्वाचनको प्रभाबकारी अनुगमनको लागी पर्यबेक्षकहरुलाई अभिमुखिकरण बैशाख २९ गते सम्पन्न भयो ।
इन्सेक अन्र्तगत पर्यबेक्षक गर्नको लागी निर्वाचन आयोग बाट अनुमति प्राप्त संस्था रिलेक र ईन्सेकका कर्मचारीहरुलाई निर्वाचन पर्यबेक्षकको काम कर्तब्य र अधिकारको बारेमा जानकारी गराइएको हो । कार्यक्रममा पर्यबेक्षकले पालना गर्नुपर्ने आचार संहिता र जिम्मेवारीका बिषय छलफल भएको थियो । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिब खकुरेलले कार्यक्रममा सहजीकरण गरेका थिए । स्वच्छ निर्वाचनका लागी नागरीक अभियान अन्र्तगत कास्कीमा ५८ जनाले निर्वाचा पर्यबेक्षण गर्ने भएका छन् ।

LEAVE A REPLY