पोखरा, ७ मंसीर । समाजशास्त्रका प्राज्ञिक व्यक्तिहरुको साझा संगठनका रुपमा स्थापित नेपाल समाजशास्त्री संघको दुईदिने राष्ट्रिय सम्मेलन आयोजक भागेपछि अलपत्र परेको छ ।

सम्मेलनमा देशभरबाट १ सय ५० जना समाजशास्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजशास्त्रीबाट विभिन्न विधामा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

समाजशास्त्रका प्राज्ञिकहरुको सो सम्मेलनमा कार्यसमितिबाट संघको आर्थिक कोषको कुनैहिसाब किताब प्रस्तुत नगरिएको र नयाँ कार्यसमिति गठनका निम्ति विघटित तदर्थ समितिका अध्यक्ष प्रा.डा.चैतन्त्र मिश्र र उपाध्यक्ष प्रा.डा.तुलसी शर्मा पाण्डे कार्यक्रम स्थलबाटै भागेको र राति अवेरसम्म सम्पर्क विहिन भएका कारण सहभागीहरु अलपत्र परेका हुन्् ।

सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गर्न सकेन । सम्मेलनमा सहभागिहरुले प्रति सहभागी रु.३ हजार ५ सय शुल्क समेत बुझाएका थिए, सोको समेत कुनै हिसाब उक्त सम्मेलनमा प्रस्तुत गरिएन ।

LEAVE A REPLY