जनकपुरधाम, वैशाख २ – जनकपुरमा आमाले छोराको हत्या गरेकी छिन् । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियाका देवनारायण राउतकी कान्छी श्रीमती रिनादेवी राउतले सौतेनी छोरा ८ वर्षका केशव राउतको हत्या गरेर शौचालयको ट्याङ्कीमा फालेको प्रहरीले जनाएको छ ।

उनले हत्या गरेर शव शौचालयको हदमा फालेर छोरा हराएको नाटक गर्दै गएको बिहीबार वडा प्रहरी कार्यालय मुजेलियमा निवेदन दिएकी थिइन् ।

खोजतलासको क्रममा शनिबार बेलुका बालकको शव शौचालयको ट्याङकीमा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो । शव भेटे लगत्तै प्रहरीले बालकका बुबा देवनारायण र सौतेनी आमा रिनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिनुभयो ।

बालकको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालकको आफ्नी आमा केही वर्षअघि अर्कैसँग विहे गरेर गएको स्थानीय बासिन्दाले बताएका छन् । सौतेनी आमातर्फ एक छोरा र एक छोरी छन् ।

@ujyaaloonline

LEAVE A REPLY