काठमाडौं, जेठ ३० – नेकपा एमालेले राष्ट्रिय जनता पार्टी नेपाललाई आन्दोलनका कार्यक्रम फिर्ता गरी चुनावमा भाग लिन आह्वान गरेको छ ।

नेकपा एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले मंगलबार राजपालाई सबैखाले अराजनीतिक गतिविधि बन्द गरेर चुनावमा आउन आव्हान गरेको हो ।

बैठकले देशका विभिन्न भागमा राजपाको नामबाट भएको अराजनीतिक गतिविधिको भत्र्सना गर्दै यस्ता गतिविधि तत्काल रोक्न र शान्तिसुरक्षा कायम गर्न सरकारसँग माग समेत गरेको छ । एमालेले चुनावलाई पछि धकेल्ने कुराप्रति सहमत नहुने पनि स्पष्ट पारेको छ ।

LEAVE A REPLY