चितवन, कात्तिक २५ l माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एकथरी मान्छे प्रयोग गर्दै आतंक मच्चाएर चुनाव भाड्न खोजेको आरोप लगाउनुभएको छ ।

पेशागत महासंघ नेपाल चितवन शाखाले शनिबार भरतपुरको आँपटारीमा आयोजना गरेको भेटघाट कार्यक्रममा प्रचण्डले रुकुममा जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको, रोल्पामा प्रदेशसभाका एक उम्मेदवारलाई लक्षित गरी ढंगामुढा गरिएको र शनिबार बिहान मात्रै वर्षमान पुन लक्षित गरी रोल्पामै माइन बिस्फोट गराइनु ठीक नभएको बताउनुभयो ।

चुनावको समयमा यस्ता घटना हुनु सामान्य भए पनि घटनामा संलग्नलाई सरकारले नै संरक्षण गर्नु गम्भीर विषय भएको बताउनुभयो । हतियारधारी जत्था पक्राउ पर्दा नेपाली कांग्रेसका वहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिन यता उम्मेदवारमाथि श्रृंखलाबद्ध आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षड्यन्त्र भएको उहाँले बताउनुभयो ।

यस्तै शनिबार नै अध्यक्ष प्रचण्ड घरदैलोका क्रममा भरतपुर महानगरपालिका–१४ मा रहेका लालपुर्जाविहीन नागरिकसँग मत माग्न पुग्नुभएको थियो । पुर्जाविहीन व्यक्तिहरुले प्रचण्डसमक्ष धेरै जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY