पोखरा २५ कार्तिक । आठौ पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २७ देखि पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी महोत्सवका उपसमितीहरुको बैठकले महोत्सवको स्टल बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक कमिटीका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा प्रचार प्रसार, कलाकार ब्यवस्थापन र अर्थ तथा स्टल उपसमितीको बैठक समेत सम्पन्न भएको हो ।
बैठकले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउका लागी स्टल बुकिङ खुल्ला गरिएकोे अर्थ तथा स्टल उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार महोत्सवमा पर्यटन प्रवद्र्धन सम्बन्धी स्टललाई निशुल्क र कृषि, घरेलु उद्योग तथा स्थानिय उत्पादनका स्टलहरुलाई विशेष सहुलियतमा सटल प्रदान गरिने छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मुल आयोजक समिति सहित ४१ वटा उपसमिति गठन गरेको छ । सवै समितीहरुले आफ्नै ढंगले कामहरु अगाडी वढाइरहेको समेत प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए ।

LEAVE A REPLY