पोखरा, १९ साउन ।  पोखराको रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड आठौं बर्षमा प्रवेश गरेको छ । यसै उपलक्ष्यमा सहकारीले बिहीबार रक्तदान कार्यक्रमको आयोजना ग¥यो । रक्तदानमा ६१ जनाले रक्तदान गरेका छन् । सहकारीका ब्यवस्थापक धर्मप्रसाद बास्तोलाले शुरुमै रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख बद्रीनाथ अधिकारीले पहिलो रक्तदाता बास्तोलालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै सहकारी कार्यालय प्रमुख अधिकारीले सयपत्री सहकारीले छोटो समयमा नै कास्की जिल्लाको उत्कृष्ठ चौथो स्थान हाँसिल गर्न सफल हुनुभएकोमा बधाई ज्ञापन गरेका थिए । सयपत्री सहकारी सामाजिक उत्तरदायित्व पूरागर्ने संस्था मध्येमा कास्कीमा अ अग्रपंक्तिमा रहेको पनि उल्लेख गर्दै उनले राष्ट्रिय सहकारी दिवसमा हरेक विधामा सर्वोत्कृष्ठ भै पुरस्कार प्राप्त गरेको स्मरण पनि गरेका थिए ।

उद्घाटन कार्यक्रममा सयपत्री सहकारीका संस्थापक अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले नेपालकै उत्कृष्ठ सहकारीको रुपमा स्थापित गर्नका लागि नेतृत्व लागि परेको बताए । सयपत्री सहकारीका अध्यक्ष बिश्वराज बास्तोलाको सभापतित्वमा भएको कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक अधिकृत अर्जुन ज्ञवालीले मन्तव्य दिएका थिए भने कार्यक्रमका संयोजक फणिन्द्र लामिछानेस्वागत मन्तव्य र संस्थाका सचिव भीम न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा सदस्य सुशिला बास्तोलाले सहकारीका सात सिद्धान्त बाचन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिलाई मायाको चिनो र रक्तदातालाई अध्यक्ष विश्वराज बास्तोलाले प्रमाणपत्र प्रदान गरेका थिए ।

०६६ सालमा स्थापित भई कास्की जिल्लाभर कारोबार गर्ने अनुमति पाएको सयपत्री सहकारी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड चुक्ता पूँजी रहेको छ भने ५८ करोड निक्षेप संकलन र ६४ करोड कर्जा प्रवाह रहेको संस्थाका व्यवस्थापक विकास सुवेदीले जानकारी दिए । संस्थाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ रानीपौवामा आफ्नै भवनबाट कारोबार सञ्चालन गर्दै आएको छ ।

 

LEAVE A REPLY