पोखरा १५ कार्तिक । सामाजिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल युनाइटेड क्लव पोखराले आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव आगामी पुसको २७ देखि माघको ८ गते सम्म हुने भएको छ । आठांै संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङ मुल आयोजक समिति रहने गरी विभिन्न ४१ वटा उपसमितिहरु गठन गरेकोे छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्नेे आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मंगलबार बसेको बैठकले मुल आयोजक समिति सहित ४१ वटा उपसमिति गठन गरेको महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवबाट आम्दानी हुने रकमबाट बाकी रहेको रकमले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । महोत्सवबाट बचत रहेको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र चिडियाखाना निर्माणमा जनही १५ प्रतिशत रकम छुट्याइने छ भने प्रति टिकटबाट एक रुपैया सेती संरक्षणका लागी छुट्याइने क्लवले जनाएको छ ।

LEAVE A REPLY