पोखरा २१ कार्तिक । आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आठौ पोखरा महोत्सवको तयारीलाई तीब्र पारेको जनाएको हो । आठौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङको मुल आयोजक समिती रहने गरी बिभिन्न ४१ वटा उपसमितीहरु निर्माण गरी तीब्र रुपमा काम अगाडी वढेको क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए ।

“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले शुरुवात देखिनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ । सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युनाइटेड क्लवले आयोजना गर्न लागेको महोत्सवमा २ सय देखि २ सय २० स्टल रहने छन । ११ दिन सम्म सञ्चालन हुने महोत्सवले देशको कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई संवृद्धि तर्फ अग्रसरता प्रदान गर्न, बिकसित सुचना प्रविधीकोे जानकारी सर्वसाधारण समक्ष पु¥याउने, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्र उत्पादित वस्तुको बजारीकरण, स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिइएको मुल आयोजक समितीका संयोजक तथा क्लवका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।

LEAVE A REPLY