रुक्मागत भण्डारी “विश्वास“ सचिव क्यान महासंघ कास्की

आज मे २ अथवा राष्ट्रिय सूचना प्रविधि दिवस धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ यो दिवसको बारेमा तर बुझेर होस वा नबुझेर अधिंकास मानिसहरु यो क्षेत्रबाट अछुतो रहन सक्ने अवस्था छैन । सूचना र प्रविधि मानिसको एक अभिन्न अंगको रुपमा विकास भइसकेको र चाहेर पनि यो प्रविधि सँग टाढा रहन सक्दैन । हिजो महिनौ लगाएर आ–आफ्ना मनका कुराहरु देश वा विदेशमा रहनु हुने आफ्ना आफ्न्त जनहरुलाई पठाउनु पर्ने सन्देशहरु आज सेकेण्ड भरमै लेनदेन हुने सर्वसुलभ सूचना प्रविधिको विकास भइसकेको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ र यसका जिल्ला शाखाहरुले हरेक वर्ष मे २ लाई सूचना प्रविधी दिवशको अवशरमा विभिन्न सूचना तथा प्रविधि संग सम्वन्धित कार्यक्रमहरु गरी मनाउदै आइरहेको छ र यस वर्ष पनि आजकै दिनमा क्यान महासंघ कास्की शाखाले प्रभातफेरी कार्यक्रम, अन्र्तकृया , आइ टी क्विज कन्टेष्ट तथा टाइपिङ प्रतियोगिता गरी मनाउने तयारी गरेको छ ।

नेपालको सन्र्दभमा कुरा गर्नु पर्दा सूचना तथा प्रविधिको विकासले उफ्रेर दौडने गतिमा हिडिरहेको छ भन्दा अनर्थ नहोला किनकि एक तथ्याँकको आधारमा भन्ने हो भने आज नेपालको जनसंख्याको हाराहारीमा मोवाइलका सिमकार्डहरु बिक्रि भइरहेको अवस्था छ । आज शहरी र विकसित क्षेत्रहरुका मानिसहरु मात्रै होइन ग्रामीण र दुर दराजमा बस्ने महिला तथा बुढाबुढीहरु समेत कोदो रोप्दै गर्दा होस या घाँस काट्न जाँदै गर्दा आ–आफ्ना आफन्तजनसँग क्षणभरमा मनका भावनाहरु साटिरहेका छन । हिजो घन्टौँ लगाएर चिठी तयार पार्ने हातहरु आज मोवाइलका एप्सहरु viber, skype, Imo, Facbook / Twitter हरुमा खेलिरहेका छन । सूचना र प्रविधिको विकासले सानालाई मात्र होइन ठुला साप, वडा साप, राजनैतिक हस्ती र सम्पूर्ण वस्तीहरुमा समेत राम्ररी जरा गाडेको छ । प्रधानमन्त्री देखि लएिर मन्त्रीसम्म ,सुकुम्बासी देखि लिएर हुकुमबासी जोगी देखी योगी सम्म सबैका अभिव्यक्तिहरु आज फेसबुक र टुविटरहरुमा प्रशारण भइरहेका छन् । प्रधानन्यायधिश माथि लगाइएको महाअभियोगको प्रस्ताव दर्ताको खबर होस वा ओली कमरेडको गोली जस्तो बोली वा रा.प्र.पा. का अध्यक्ष कमल थापाको सरकारमा बसिरहेको औचित्य सकिएको अभिव्याक्ति सम्पुर्ण कुरा हामी फेसबुक वा ट्विटर बाटै पाउन थालेका छौँ । सायद,यस दशकमा सूचना तथा प्रविधिमा भएको विकासको फड्को जतिकै अन्य क्षेत्रहरुको पनि भइदिएको भए आज हामी पनि विकसित देशका जनता हुन्थ्यौ कि ? सूचना तथा प्रविधिको क्षेत्र व्यापक रुपले बढ्दै गइरहेको कुरा हामी सबैलाई सर्वविदितै भएको कुरा हो आज सूचना तथा प्रविधि कुन–कुन क्षेत्रमा प्रयोग भएको छ त भनेर औला भाच्नु भन्दा अब कुन कुन क्षेत्रमा यसको प्रयोग भएको छैन भनेर औला भाँच्नु छिटो होला कि ? मानिसको रहर भनौ वा समयको माग एक जना राम्रो व्यापारी वा बैँकको म्यानेजर ज्यूलाई सोधी हेरौं न तपाई एक दिन पूरा खाना नखाई बस्नुहुन्छ या विना मोवाइल इन्टरनेट ? हामी सबैले गेंस गर्ने सँम्भावित उत्तर दोश्रो अप्सन नै होला हैन र?
अहिले भण्डै २ दशक पछि देशमा स्थानिय निर्वाचको रौनक छाएको छ सम्पूर्ण ठुला साना पार्टिहरुले आ–आफ्ना घोषण पत्रहरु तयार गरिरहेको छन धेरै पार्टिहरुका घोषणा पत्रहरुमा इ –भिलेज , इ–गर्भनेन्स स्मार्ट सिटी,जस्ता पदावलिहरु छुटइएका छैनन , यि पदावली नयाँ भने होइनन किनकिी हिजोका संसदीय निर्वाचनका घोषणा पत्रहरुमा पनि छापिएका थिए, हिजोका यी पदावलीहरुलाई कपी पेस्ट गरी घोषणा पत्र तयार गरी जनता सामु पूर्याउनु मात्रै सूचना र प्रविधिको विकास हो र ? इ– भिलेजका कार्यक्रम कहिले बाट? स्र्मार्ट सिटिको थालनी कहिलेबाट ? इ– भिलेजका कार्यक्रमहरु के के ? स्र्माटसिटि बनाउन आवश्यक पूवाधारहरु के –के भन्ने विषयबस्तु नै घोषण पत्र तयार गर्नेहरुका लागी नै अनुत्रित छन । घोषण पत्र तयार पारी प्रचारवाजी गर्नु अल्छी वाख्रोलाई हरियो घाँस देखाएर बाटो कटाउनु शिवाय केही होइन भन्ने कुरा जनताहरुले बुझिसकेका छन । यदी साँचिकै इ– भिलेज तथा स्मार्टसिटी जस्ता परिकल्पनहरुलाई साकार पार्न सूचना तथा संञ्चार मन्त्रालय बाट नै नृदिष्ट कार्यक्रम अगाडी बढाउनु पर्ने जरुरी देखिन्छ । विज्ञ ICT  Export हरुसंग भएको ज्ञान र कार्यगत अनुभवहरुको अधिकतम उपयोग गरेर मात्र यो क्षेत्रको विकास गर्ने सकिन्छ ।
हरेक राम्रा कुराहरुको पछाडि नराम्रा कुराहरु लुकिरहेका हुन्छन ,सूचना तथा प्रविधीको विकासले हाम्रो समाजमा ल्याएका नराम्रा प्रभाव र विकृतिहरुका बारेमा पनि केहि चर्चा गर्नुपर्ने देखिन्छ । आज फेसबुक ट्विट्र वा अन्य कुनै लेख वा वेवसाइटका पेजहरुका स्टाटसहरु पढदा लाग्छ यी सोसियल साइटहरुमा कमेन्ट बक्सहरु नराखिएको भए राम्रो हुन्थ्यो कि ? जहाँ सम्मकी गाली गलौज ,आरोप प्रत्यारोप अपशब्द ,धम्की आदि आदि…. के यस्ता कमेन्ट बक्सहरुमा जसलाई जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? वाक् स्वतन्त्राको हक भन्दैमा जे पायो त्यही शब्द प्रयोग गर्ने सकिन्छ ? यसको नियमन कसले गर्ने ? आदि इत्यादी । सूचना र प्रविधिले सबै भन्दा नजिकबाट छोएको वर्ग युवा तर विभिन्न वेभसाइटहरुमा राखिएका नग्न तस्वीर र सजिलै संग यु–ट्युवमा हेर्न वा डाउनलोड गर्न मिल्ने अस्लिल भिडियोहरुले युवा जमातमा ठुलो विकृति सृजना गरेको छ र कसैमा यसैको लतले सामाजिक यौन अपराधहरु दिनप्रतिदन बढ्दै गइरहेको छ । तसर्थ अभिभावकहरुले आ–आफ्ना छोराछेरीहरुले चलाउने इन्टरनेटका पेजहरुको बारेमा ध्यान दिनुपर्ने देखिन्छ र उनिहरुले प्रयोग गरिरहेका साइटको हिष्ट्रीहरुको बारेमा जानाकारी लिनु आवश्यक हुन्छ ।
आजको सन्र्दभमा सूचना प्रविधिको विकासनै समग्र आर्थिक विकासको सूचकको रुपमा लिन सकिन्छ । जुन देशमा सूचना तथा प्रविधिले फड्को मार्न सकेको छ त्यही देशको समग्र आर्थिक विकास भएको छ । प्रविधिले विकासलाइ जोड्न सकिएको खण्डमा समृद्धि हामीबाट टाढा छैन ।

– रुक्मागत भण्डारी “विश्वास“
            सचिव
   क्यान महासंघ कास्की  

LEAVE A REPLY