काठमाडौं, वैशाख १२ l विश्व औलो दिवस मंगलबार नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमका साथ मनाईंदैछ । औलो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ ।

यो रोग आँखाले नदेखिने सुक्ष्म परजीविको कारण लाग्ने गर्छ । औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजिवी फैलिने गर्छ । जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।

औलोले महामारीको रुप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शंका लाग्ने बित्तिकै रगत परीक्षण गराउन र स्वास्थ्यकर्मीको सल्लाहमा औषधिको पूरा मात्रा खान डाक्टरले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्न झुल भित्र सुत्ने, हातखुट्टा पूरा छोपिने गरी लुगा लगाउने, घरभित्र बस्दा लामखुट्टे भगाउने धुप बाल्ने, घर वरपर लामखुट्टे हुर्कन सक्ने ठाउँमा सरसफाई गर्ने गर्नुपर्छ ।

औलोको पहिचान गर्न छिटो र सजिलो किसिमले रगत जाँच गर्ने प्रविधिको विकास भएको र यो रोग औषधिले निको पार्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

LEAVE A REPLY