विराटनगर, १६ चैत – विराटनगर विमानस्थलमा आगोको मुस्लो देखिएपछि बुधबार डेढ घण्टाका लागि सबै उडान ठप्प भएका छन् ।नेपाल नागरिक उड्यन प्राधिकरणले प्रत्येक दुई दुई वर्षमा गर्ने आपतकालीन योजनको पूर्णकालीन अभ्यास अन्तर्गत योजनागत रुपमा विमानस्थलमा आगो लगाइएको थियो ।कुनै पनि प्लेन रनवे छाड्न लाग्दा वा अवतरण गर्दा दुर्घटनामा परे कसरी यसको उद्धार गर्ने र कस्तो कस्तो तयारी गर्ने भन्ने विषयमा डेमो स्वरुप विमानस्थलमा आगो लगाइएको हो । डेमोमा दुई दमकल र पाँच एम्बुलेन्सको प्रयोग गरिएको थियो

@kathmandutoday.com

LEAVE A REPLY