काठमाडौं, वैशाख ११ । अफगानिस्तानको मजार ए सरिफस्थित सैन्य वेसमा गरिएको आक्रमणको तीन दिनपछि रक्षामन्त्री अब्दुल्लाह हबीबी र सेना प्रमुख क्वादामा साह साहिमले राजीनामा दिएका छन् ।

अमेरिकी रक्षामन्त्री जेम म्याटिस अघोषितरुपमा काबुल पुग्दा अफगान रक्षामन्त्री हबीबीको राजीनमा आएको हो ।

यसअघि, अफगानिस्तानका केही नेताले अमेरिकी सैन्य रणनीतिमाथि प्रश्न उठाएका थिए ।

अमेरिकाले तालिबानभन्दा इस्लामिक अतिवादी समूह ‘आइएस’माथि बढी ध्यान दिएको उनीहरुको बुझाइ छ ।शुक्रबार तालिबानले गरेको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सेना छन् । @एजेन्सी

LEAVE A REPLY