विराटनगर, १८ चैत । प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धा्रित समयमै एकै चरणमा हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उनले भने, “नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चहाँदैन ।”

मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने,“पार्टीभन्दा जनतानै निर्वाचनका लागि बढी तयार छन् ।”प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेको उल्लेख गर्दै उनले यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ ।” @रासस

LEAVE A REPLY