काठमाडौं, चैत २२ – अवैधानिक रुपमा युएई पुगेका तीन जना महिलालाई नेपाल फर्काइएको छ ।घरेलु कामदारका रूपमा युएई पुगेका इलामको महमाई ७ का आसमाया राई, झापाको बनियानी ४ का सविता गौतम र पृथ्विनगर ९ की जशु शाहीलाई सोमबार नेपाल फर्काइएको नेपाली दूतावास युएईले जनाएको छ । युएईमा अलपत्र परेपछि उनीहरुल आबुधाबिस्थित दूतावासको सुरक्षित महिला आवास गृहमा पुगेको थिए ।

अहिले युएईको अजमानमा बस्ने सुष्मा श्रेष्ठले जशु र सवितालाई युएई पुर्‍याएकी थिइन् । त्यस्तै आसमायालाई झापाकी निर्मला लावतीले अवैधानिक रुपमा युएई पठाएकी हुन् ।

@Ujyaaloonline

LEAVE A REPLY