उदयपुर, बैशाख ८ l संखुवासभाको भोटखोलामा अरुण नदी थुनिएपछि उदयपुरमा पर्ने सप्तकोसी नदिको तटीय क्षेत्रमा खाली गराइएको छ ।
जिल्ला दैवी प्रकोप समितिको बैठक बस्दै बाढीको प्रभाव पर्ने सक्ने भन्दै मैनामैनी, ठोक्सिला र तपेश्वरी क्षेत्र खाली गराइएको हो ।

स्थानीय प्रहरी र रेडक्रस सोसाइटीको टोली परिचालन गरी तपेश्वरीका सर्वसाधारणलाई सजग गराउन स्थानीय प्रशासनले माइकिङ गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
अरुण नदीमा आएको बाढीले अरुण नदी थुनिएपछि ताल विस्फोट भएर मानवीय क्षति हुन सक्ने भन्दै रोक्न तटीय क्षेत्रमा माइकिङ गरी बस्ती हटाइएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

@Ujyaaloonline

LEAVE A REPLY