पोखरा, १८ कार्तिक । नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को रजत जयन्तीको अवसरमा युवा रेडक्रस सर्कल उपाखा १०, ११ को आयोजनामा दुवै मृगौलाले काम नगर्ने भै ग्रिन सिटी अस्पताल काठमाण्डौमा उपचाररत अरुण गुरुङ्गलाई अमेरिकाबासीको सहयोग रकम एक कार्यक्रमबा साथ आफन्तलाई हस्तान्तरण गरियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले उपशाखाले गरेको मानवीय कार्यको सह्राहना गर्दै रजत महोत्सवको अवसरमामा दाँत, मुख, पाठेघर, मृर्गौला जस्ता मानवीय सम्वेदनशील अंगहरुको स्वास्थ्य परीक्षण कार्यमा सक्रिय भै लागिपरेकोमा धन्यवाद दिनुहुँदै मृगौला पीडित अरुण गुरुङको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
कार्यक्रममा पोखरा १० मिलनटोल बस्ने २१ वर्षीय अरुण गुरुङ्गको दुवै मृगौलाले काम नगर्ने र काठमाण्डौको ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेको पूर्व रामबजार र हाल अमेरिकामा कार्यरत उपशाखा १०, ११ का आजीवन सदस्य गोमेरा श्रेष्ठ, रितेश श्रेष्ठ र साथीहरुबाट संकलन रकम रु.३५ हजार र उपशाखाबाट सम्मर बहादुर श्रेष्ठबाट १ हजार, भिममाया पौडेलबाट १ हजार, गंगा कुँवरबाट १ हजार, पूर्व रामबजार हहाल कोरिया निवासी सम्झना परियार र कोरियन क्वोइ लि मिबाट रु.१ हजार, जिवन श्रेष्ठबाट ५ सय, लेकमाया पुनबाट ५ सय र यमकुमारी ढकालबाट ५ सय गरी रु.४० हजार ५ सय रुपैयाँ बिरामीका दिदी उषा गुरुङ्गलाई सहयोगी दाताका आमा जीवन श्रेष्ठले हस्तान्तरण गरिएको थियो ।
उपस्थितहरुलाई स्वागत गंगा कुँवरले गरेको कार्यक्रममा कोरियन लि गिसंग, सम्झा परियार, उषा गुरुङ, भिममाया पौडेल, सिता तिमिल्सिना, लेकमाया पुन, धनमाया गुरुङ्ग लगायतले आफ्नो विचार राख्नुहुँदै जीवन र मरणको दोसाँधमा रहेका बिरामी अरुण गुरुङको स्वास्थ्यलाभको कामना गरेका थिए ।
उपशाखाका सभापति सम्मर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सूर्य बहाुदर बानियाले गर्नुभएको थियो ।

LEAVE A REPLY