काठमाडौं, १६ चैत  । भारतबाट नेपालसम्म तेलको पाइपलाइन बिछ्याउने गृहकार्य भइरहेका बेला नेपालले अब अमलेखगञ्जसम्म ग्यासको समेत पाइपलाइन विस्तार गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । भारतले यसबारे छलफल अघि बढाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको छ ।भारत भ्रमणमा रहेका आपूर्तिमन्त्री दीपक बोहोराले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग ग्यास पाइपलाइन नेपालसम्म नै विस्तार गर्न प्रस्ताव गरेका हुन् ।

रक्सौलबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइसकेपछि ग्यास पाइपलाइन पनि बनाउनेबारे पहिलोपटक दुई सरकारका बीच औपचारिक छलफल भएको हो ।रक्सौलबाट अमलेगञ्जसम्म नै ग्यास पाइपलाइन बनाउनेबारे दुई मन्त्रीबीच छलफल भएको नेपालको भारतीय दूतावासले पनि पुष्टि गरेको छ ।ग्यास पाइपलाइन बनाउन गरिएको प्रस्तावमा भारतले औपचारिक जवाफ भने दिएको छैन । अमलेखगञ्जबाट चितवनसम्म तेलको पाइपलाइन विस्तार गर्ने एजेण्डामा पनि दुई मन्त्रीबीच सकारात्मक छलफल भएको छ ।पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला आपूर्तिमन्त्री दीपक बोहोराले आफ्ना भारतीय समकक्षी प्रधानसमक्ष नेपाल ग्यासको पनि पाइपलाइन बनाउने बारे छलफल गर्न सकिने बताएको आयल निगम स्रोतले बतायो ।

@onlinekhabar.com

LEAVE A REPLY