१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले अदालतको गलत नेतृत्वका कारण न्याय बिक्री भएको बताएका छन्।

सर्वोच्च अदालतका पछिल्ला फैसलातर्फ इंगित गर्दै डा केसीले सबैले सम्मान गर्नुपर्ने अदालत माफियाको इसारामा चलेको आरोप लगाए। ‘जनताको अधिकार र संविधानको मर्मविपरीत फैसला हुँदा तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड भएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘अबको मेरो लडाइँ न्यायपालिकाको नेतृत्वविरुद्ध हुनेछ।’

कात्तिक १ गते सरकारसँगको १० बुँदे सहमतिपछि १३ औं अनसन तोडेका थिए। चिकित्सक क्षेत्रको बेथिति अन्त्य र सुधारको माग राख्दै उनी पटक पटक अनसन बस्दै आएका छन्।

LEAVE A REPLY