रुपन्देही, माघ ११ l माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकार पाँच वर्ष टिक्ने बताउनुभएको छ ।

रुपन्देहीको देवदहमा बिहीबार औद्योगिक मेलाको उद्घाटन गर्दै प्रचण्डले अब पाँच वर्ष सम्म टिक्ने स्थायी सरकार बन्ने र देशलाई समृद्धिको दिशातर्फ उन्मुख गराउने बताउनुभयो ।

वाम गठबन्धनलाई नागरिकले स्थायी सरकारका लागि भोट दिएको बताउदै उहाँले जनमतको अपमान हुनेगरी कुनै काम नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रियसभाको चुनावपछि वाम गठबन्धनको सरकार बन्ने बताउनुभयो ।

LEAVE A REPLY