पोखरा, २९ चैत्र । पोखराबाट अबैध लागूऔषध सहित  एक युवक पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ भैरबटोलबाट नगद र लागूऔषध सहित २० बर्षीय युवकलाई नियन्त्रणमा लिइएको लागूऔषध नियन्त्रण ब्यूरो पोखराले जनाएको छ ।

लागूऔषध कारोवारको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले गोरखा च्याङ्ली ४ का २० बर्षीय सिलास तामाङलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट डाईजापाम ४४ थान, फेनारगन ४४ थान र नर्फीम ४४ थान गरी जम्मा १३२ थान लागूऔषध , नगद ८७ हजार ८ सय ५० रुपैया र १ थान मोवाईल सेट बरामद गरिएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखीएको छ ।

LEAVE A REPLY