काठमाडौं, साउन १८ । अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम बिस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ ।अफगानिस्तानको हेरातस्थित मस्जिदको प्रवेश द्वारमा पुगेर दुई जनाले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।

मस्जिदमा प्रार्थना चलिरहेका बेला प्रवेश गरेका एक जनाले अन्धाधुन्ध गोली प्रहार गरेको र अर्का एक जनाले आत्मघाती बिस्फोट गराएको अफगानी अधिकारीहरुले बताएका छन् ।

शिया समुदायको बाहुल्यता रहेको हेरातमा उनीहरुलाई नै लक्षित गरिएको बताइएको छ । घटनामा ६४ जना घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । @एजेन्सी

LEAVE A REPLY