लुम्ले १८, अन्नपुर्ण । स्थानिय तह अन्र्तगतको कास्कीको अन्नपुर्ण गाउपालीकाले पुर्णता पाएको छ । बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको चुनावको मतपरिणाम घोषणा गरे पछि गाउपालीकाले निर्वाचन मार्फत पुर्णता पाएको हो ।
११ वडा रहेको यस गाउपालीकामा १९ सदस्यीय गाउपालीकाको कार्यपालीका निर्वाचन मार्फत चयन गरिएको छ । कार्यपालीकाको महिलातर्फ आवश्यक ४ जनामा ८ जना र दलित वा अल्प संख्यकतर्फ २ जनाको लागि ४ जनाको उमेद्धवारी परेको थियो ।
कार्यपालीकाको महिला सदस्य पदमा नेपाली काँग्रेसको तर्फबाट गंगादेवी केसी कुवर, बिमला सुनार, भगवति भण्डारी र लक्ष्मी देवकोटाको उमेद्धवारी परेको थियो भने एमालेबाट कमला केसी, चन्द्र कुमारी गुरुङ, छत्र कुमारी गुरुङ र रिता क्षेत्री रहेका थिए । यसैगरि अल्पसंख्यक र दलित मध्ये नेपाली कांग्रेसबाट चक्रप्रसाद गौचन (खगेन्द्र) र लक्ष्मी सुनार एमालेबाट बिष्णुबहादुर बिक र रामबहादुर सार्कीको उमेद्धवारी परेको थियो ।
कार्यपालीका निर्वाचनमा महिला सदस्य पदमा नेपाली काग्रेसको तर्फबाट उमेद्धवारी दर्ता गरेका गंगादेवी केसी कुवर, बिमला सुनार, भगवति भण्डारी र लक्ष्मी देवकोटाले ३१÷३१ मत प्राप्त गरी बिजयी भएका थिए भने एमालेबाट कमला केसी, चन्द्र कुमारी गुरुङ, छत्र कुमारी गुरुङ र रिता क्षेत्री २६÷२६ मत पाएका थिए ।
यसै गरी अल्पसंख्यक र दलित मध्ये नेपाली कांग्रेसबाट चक्रप्रसाद गौचन (खगेन्द्र) र लक्ष्मी सुनारले ३२÷३२ मतले बिजयी भएका थिए र एमालेबाट बिष्णुबहादुर बिक र रामबहादुर साकी २५÷२५ मत प्राप्त गरेका थिए । निर्वाचन अधिकृत योगनाथ ढकालले अन्नपुर्ण गाउपालीकाको कार्यपालीका चुनावमा नेपाली काग्रेसका तर्फबाट उमेद्धवारी परेका सम्पुर्ण उमेद्धवार बिजयी भएको र सपथ ग्रहण कार्य पनि सम्पन्न भएको बताए ।
गाउपालीकामा गाउपालीका अध्यक्ष, उपाध्यक्ष, गाउपालीका भित्रका सबै वडाका वडाध्यक्ष, गाउपालीकाभित्रका निर्वाचित महिला सदस्यहरुबाट ४ जना र अल्पसंख्यक वा दलित मध्ये २ जनाबाट कार्यपालीका कार्यसमिति चयन गरिने ब्यवस्था रहेको छ ।

LEAVE A REPLY