पोखरा, १० बैशाख l नवौं जिल्ला स्तरिय अन्तर लायन्स तथा लियो ब्याडमिन्टन प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा टुरिजम सिटी बाट लायन बीरेन्द्र कुँवर र तेजेन्द्र गुरुङ्गको जोडीले जितेको छ । लायन्स क्लब अफ पोखरा अन्नपुर्णको आयोजनामा पोखरा सम्पन्न प्रतियोगितामा टुरिजम सिटीले लायन्स क्लब अफ पोखरा आगनलाई फाइनलमा २१–१७ र २६–२४ को सेटमा पराजित गरि उपाधी जितेको हो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा आँगन दोस्रो तथा लायन्स क्लब अफ पोखरा योङ्ग र लायन्स क्लब अफ पोखरा पिस चौतारी तेस्रो भए ।
प्रतियोगितामा लायन्स क्लब अफ पोखरा आँगनबाट लायन मनोज श्रेष्ठ र राजकुमार घले, लायन्स क्लब अफ पोखरा योङ्गबाट सुसिल पौडेल र राजेश गुरुङ्ग, लायन्स क्लब अफ पोखरा पिस चौतारीको तर्फबाट फणिन्द्र तिमिल्सिना र प्रदिप श्रेष्ठको जोडी खेलेका थिए । विजेता तथा उपविजेता टोली र खेलाडीहरुलाई लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर बुर्लाकोटीले लायन्सको हामी सेवा गर्छौ भन्ने मर्म मुताविक सेवाका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले प्रतियोगिताले खेलकुदको बिकासमा पनि टेवा पुर्याएको बताए ।
क्लबका अध्यक्ष लायन रबिन्सन प्रजुको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ्ग, स्पोर्टस कमिटी चियरपर्सन सुरेशबहादुर श्रेष्ठ, लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए टुका निवर्तमान गर्भनर रुद्रहरी ज्ञवाली, लायन्स अन्र्तराष्ट्रियका पुर्व मल्टिपल काउन्सिल चियपर्सन दिपक श्रेष्ठ, प्रतियोगिता संयोजक दुर्गा जोजिजु लगायतले बोलेका थिए । कार्यक्रम क्लबका सचिब सुर्य बरालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY