पोखरा, बैशाख १३ । परिवारमा पुस्तान्तरका कारण समस्या न्यूनिकरण गर्ने प्रयास स्वरुप कास्की जिललाका चारवटै निर्वाचन क्षेत्रमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । कास्की जिल्ला क्षेत्र नम्बर एकको कार्यक्रम पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर २७ शिशुवा स्थित श्री लक्ष्मी आदर्श उच्च मा.बि.मा सम्पन्न गरियो । कक्षा नौ र एघारका छात्रछात्राहरु सम्मिलित उक्त कार्यक्रममा जम्मा ६५ जना बिद्यार्थीहरु, अविभावकहरु र क्याम्पसका अध्यापकहरुको उपस्थिति रह्यो । कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष कुसुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने, स्थानीय ब्यवस्थापन ज्येष्ठ नागरिक संरक्षण समाज, शिशुवाले गरेको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव ऋषिराम त्रिपाठी र बरिष्ठ जनसंख्या बिद प्रा.डा.पद्यराज लामिछाने, प्राचार्य रामजी लामिछानेले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्थानीय कृष्ण प्रणामी बृद्घाश्रम तथा अनाथाश्रम सयेली पाखाका पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो । सहभागिहरु सबैलाई प्रशोधित खाने पानी, खाजा र गाडिभाडाको ब्यवस्था गरिएको थियो । बैशाख ५ गते बाट सम्म संचालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा अन्तरपुस्ताका समस्या, शिप हस्तान्तर सम्बन्धमा बिशेष गरि छात्राहरुको उल्लेख्य र सक्रिय सहभागिता रह्यो । बिद्यार्थीहरुको चासोलाई बिद्यालयका प्राचार्य, कार्यक्रमका सहजकर्ता, अध्यापक र कार्यक्रमका अध्यक्षबाट घरमा उत्पन्न हुने गरेको पारिवारिक अन्तर सम्बादको अभावको कारण समस्या आउने गरेको बताउनु भयो भने जिज्ञासाको जवाफ तथा सम्बादको माध्यमबाट समस्या समाधान गर्ने उपाय बारे छलफल गरिएकोे थियो ।

कास्की जिल्ला क्षेत्र नम्बर तीनको कार्यक्रम पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १७ महतगौंडा स्थित श्री जानकी आधारभुत मा.बि.मा सम्पन्न गरियो । बिद्यालयको नयां बिद्यार्थी भर्ना हुने क्रम रहेकाले उक्त कार्यक्रममा ढुंङ्गेसांघु मा.बि.का बिद्यार्थीहरुलाई पनि समावेश गरियो । कक्षा आठ र नौ का छात्रछात्राहरु सम्मिलित उक्त कार्यक्रममा जम्मा ४५ जना बिद्यार्थीहरु, अविभावकहरु र अध्यापकहरुको उपस्थिति रह्यो । कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष कुसुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने, प्रधानाध्यापक रघुनाथ भण्डारी र समाज सेवी श्रीनाथ आचार्यले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

LEAVE A REPLY