पोखरा १६ बैशाख  l नेकपा एमालेको भात्रृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन९अनेरास्ववियु कास्की क्षेत्र नम्बर ३ ले नव वर्ष २०७४ सालको शुभकामना तथा नयाँ शैक्षिक सत्रको भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ । अनेरस्ववियु केन्द्रिय कमिटी सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज आशिर्वाद सुवेदीको प्रमुख आतित्यथा तथा अनेरास्ववियु कास्की क्षेत्र नम्बर ३ का संयोजक महेन्द्र पौडेल ९मन्नु० को संयोजकत्वमा नव बर्ष २०७४ सालको शुभकामना तथा नयाँ शैक्षिक सत्र २०७४ सालको भित्तेपात्रो विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आशिर्वाद सुवेदीले नमूना क्षेत्रीय कमिटी निर्माण गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र विद्यार्थी हक अधिकार सुनिश्चित गर्न गोलबद्ध भएर लाग्नुपर्ने साथै युवा शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लान सकिने बताउनु भयो ।

बिशेष अतिथि अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिसद सदस्य क्षितिज पौडेलले अनेरास्ववियुका विद्यार्थीहरु सदैव रचनात्मक क्रियाकलापको पक्षमा रहेको बताउँदै अनेरास्ववियुलाई क्रियाशिल र सृजनात्मक विद्यार्थीहरुको संगठन बनाउने बताएका थिए । कार्यक्रम भूगोल जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, जिल्ला सदस्य तथा सिटिईभिटी इन्चार्ज विश्वदर्शन पराजुली, क्याम्पस जिल्ला कमिटी सदस्य अमृता गौतम,दिपिन ढकाल युवा संघ वडा नं १७ का अध्यक्ष बिक्रम गुरुङ, जनप्रिय क्याम्पस कमिटी अध्यक्ष अनिल बाबु खड्का,उपाध्यक्ष सुनिल बाबु पोखरेल,ईलाका ७ का संयोजक विनय पराजुलीको उपस्थिति थियो ।

कार्यक्रमले स्थानिय निर्वाचनमा अनेरास्ववियुका विद्यार्थी परिचालन तथा प्रचार प्रसारका लागि क्षेत्र नम्बर ३ का संयोजक महेन्द्र पौडेलको संयोजकत्वमा २१ सदस्यीय स्थानिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । विद्यार्थीलाई वडा, भेग छुट्टाएर परिचालन गर्ने, सदैव रचनात्मक क्रियाकलापमा सक्रिय रहने, विधार्थीहरुका समस्यामा सधै साथ दिने र संगठनका नाममा अनैतिक काम गर्ने जो कोहिलाई पनि कारवाहीको दायरामा ल्याउने, जित पक्का जस्तै भएकाले अब अनेरास्ववियु कास्की क्षेत्र नम्बर ३ भरिका वडाबाट बिजय जुलुसको प्रतिक्षामा रहेको क्षेत्रिय संयोजक महेन्द्र पौडेलले बताउनु भयो । कार्यक्रमको संचालन अनेरास्ववियु क्षेत्रीय कमिटी सदस्य सन्तोष पोखरेल गर्नुभएको थियो ।

LEAVE A REPLY